Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश, बने मनाङ संयाेजक


416
Shares

काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा प्रवेश गरेका छन्।

मनाङलाई आज देउवा समूहका महाधिवेशन आयोजक समितिका संयोजक डा.शशांक कोइरालाले पार्टीमा स्वागत गरेका हुन्।

मनाङे पार्टीमा भित्रिएसँगै देउवा समूहले महाधिवेशनका लागि मनाङ जिल्लाको महाधिवेशन आयोजक समितिको संयोजकको जिम्मेवारी दिएको छ।

त्यसो त देउवा स्वदेश फर्किएकै दिन मनाङे भेट्न चुनदेवीस्थित सम्पर्क कार्यालयमै पुगेका थिए।