Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


राष्ट्रिय सभामा वित्त आयोगको वार्षिक प्रतिवेदन पेश, असोज १५ गतेसम्मका लागि बैठक स्थगित


0
Shares

काठमाडाैं । राष्ट्रिय सभाको सोमवार बसेको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । 

सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले उक्त प्रतिवेदन सभा समक्ष प्रश्तुत गर्नुभएको हो । सोमवारको बैठकमा प्रधानमन्त्री बालेनद्र साहको तर्फबाट कानून मन्त्री गौतमले प्रतिवेदन पेश गर्न अनुमति माग्नुभएको थियो ।

सभाका अध्यक्षबाट अनुमति प्राप्त भएपछि मन्त्री गौतमले आर्थिक वर्ष २०८१/८२ मा आयोगले गरेका कार्यसम्पादन र वित्तीय अवस्थासम्बन्धी वार्षिक प्रतिवेदन औपचारिक रूपमा सदनमा दर्ता गराउनु भयो । 

संवैधानिक प्रावधानअनुसार, संवैधानिक निकायहरूले आफ्नो वार्षिक कार्यप्रगति विवरण सदनमा पेश गर्नुपर्ने व्यवस्था छ । सोही बमोजिम प्रस्तुत गरिएको उक्त प्रतिवेदनमा प्राकृतिक स्रोतको बाँडफाँड र वित्तीय हस्तान्तरणका विषयहरू समेटिएका छन् ।

प्रतिवेदन पेश भएसँगै राष्ट्रिय सभाको नियमित बैठक स्थगन गरिएको छ । अर्को बैठक असोज १५ गते बस्ने गरी आजको बैठक समाप्त भएको घोषणा गर्नुभयो ।

Skip This