Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


‘संघीयता कार्यान्वयनका ९ वर्षसम्म कार्यशैलीमा सुधार आएन, अझै कति पर्खिनुपर्ने हो ?’


0
Shares

काठमाडाैं । बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतीले संघीयता कार्यान्वयन भएको ९ वर्ष बित्न लाग्दासमेत तीन तहका सरकारबीचको कार्यशैली र समन्वयमा अपेक्षित सुधार हुन नसकेको बताउनुभएकाे छ।

आइतबार विश्व पर्यटन दिवस–२०२६ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री प्रजापतिले यस्तो बताउनुभएको हो ।

उहाँले उद्योग, पर्यटन तथा यातायात क्षेत्रका काममा संघ, प्रदेश र स्थानीय सरकारबीच द्वन्द्वजस्तो अवस्था देखिएको टिप्पणी गर्नुभयो ।

उहाँले तीन तहको सरकारबीच पर्याप्त समन्वय हुन नसक्दा सेवा प्रवाह र पूर्वाधार विकासका काम समेत प्रभावित हुने गरेको बताउनुभयो । संघीय शासन प्रणालीमा यसरी तीन तहको सरकारबीच समन्वय नहुँदा ठिक ढंगले राज्य सञ्चालन गर्न कठिन हुने उहाँको भनाइ छ ।

उहाँले जिम्मेवारीमा रहेक व्यक्तिले प्रभावकारी राज्य सञ्चालनप्रति जिम्मेवार र गम्भीर हुन आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले वागमती प्रदेशको यातायात क्षेत्रलाई व्यवस्थित बनाउन प्रदेश सरकार क्रियाशील रहेको बताउनुभयो ।

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी तथा नवीकरण र सवारीसाधनको ब्लुबुक नवीकरण गर्ने सफ्टवेयरमा समस्या आउँदा सेवाग्राहीले सहज रूपमा सेवा पाउन नसकेको कुरामा समेत आफू गम्भीर रहेको उहाँको भनाइ छ ।

मन्त्री प्रजापतिले उद्योग तथा पर्यटन क्षेत्रमा समेत संघीय सरकारसँग पर्याप्त समन्वय हुन नसकेको उहाँले बताउनुभयो । उहाँले १० भदौको रसुवाको भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन तथ्यांक समेत प्रदेश सरकार नरहेको उल्लेख गर्नुभयो ।

कानूनी जटिलता र संघीय सरकारसँगको समन्वय अभावका कारण तथ्यांक संकलनमा समस्या उहाँको भनाइ छ ।उहाँले पर्यटन क्षेत्रको विकासका लागि तीन तहको सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो ।

Skip This