Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


पूर्वप्रधानन्यायाधीश जबरा रिहा


0
Shares

काठमाडाैं ।

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले रिहा गरेको छ ।

आइतबार बिहान महाराजगञ्जस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिइएका जबरालाई केही समयपछि परिवारको जिम्मा लगाइएको प्रहरी उच्च स्रोतले जनाएको छ।

प्रहरीले जबरालाई सुरक्षा जोखिम रहेको भन्दै निवासबाट उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा लगेको थियो। तर, उनलाई नियन्त्रणमा लिँदा अदालतबाट पक्राउ पुर्जी नलिइएको स्रोतहरुको दाबी छ।

प्रहरी भने जबरालाई पक्राउ गरिएको नभई सुरक्षाका कारण सुरक्षित स्थानमा राखिएको जनाएकाे छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले सुरक्षा चुनौती देखिएपछि उनलाई कार्यालयमा ल्याइएको बताएका छन्।

जबरालाई कस्तो प्रकारको सुरक्षा जोखिम थियो, त्यसको कारण के थियो र निवासमै सुरक्षा व्यवस्था मिलाउनुको सट्टा प्रहरी कार्यालयमा किन ल्याइयो भन्नेबारे प्रहरीले स्पष्ट पारेको छैन।

Skip This