सागर महत, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ भोजुङ्गेमा पहिरोको जोखिममा रहेका २१ घरधुरीका ७१ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
लगातारको वर्षाका कारण बस्तीमा पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सन्धिखर्क नगरपालिका र नेपाल रेडक्रस सोसाइटीको समन्वयमा उनीहरूलाई गएराति खाँचीकोटस्थित चन्द्रप्रभा नजिकैको बहुउद्देश्यीय भवनमा सारिएको हो।
जोखिममा रहेका परिवारलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गरिएकाले सम्भावित विपद्बाट हुन सक्ने मानवीय क्षति न्यूनीकरणमा सहयोग पुगेको निमित्त प्रमुख जिल्ला अधिकारी विशाल खनालले बताउनुभयो।










प्रतिक्रिया दिनुहोस्