Logo ८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026


चितवनमा अविरल वर्षाका कारण नारायणगढ-मुग्लिन सडक बन्द


1.1k
Shares

चितवन ।

लगातारको वर्षाका कारण जिल्ला प्रशासन कार्यालय चितवनले अन्ततः नारायणगढ-मुग्लिन सडक खण्ड बन्द गर्ने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारी गर्दै मौसममा आएको परिवर्तनका कारण चितवन जिल्ला र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी केही दिनसम्म अति भारी वर्षा हुन सक्ने सम्भावना रहेको मौसम विज्ञान विभागले जानकारी दिए अनुसार बाढी, पहिरो, डुबानको जोखिमलाई मध्यनजर गर्दै सडक बन्द गरिएको जनाएको छ।

आज बेलुका ८:०० बजेदेखि भोलि बिहान ५:०० बजेसम्म उक्त सडकमा सवारी आवागमन पूर्णरुपमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद शर्माद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।

साथै प्रशासनले यात्रु तथा सवारी चालकहरूलाई मौसम तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमयुक्त स्थानमा नजान समेत अनुरोध गरेको छ।