Logo ८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026


नेपाली पौडीबाज अविभ प्रधानले गरे राष्ट्रिय कीर्तिमान कायम


234
Shares

काठमाडौं । जापानमा जारी २०औं एशियाली खेलकुदमा नेपाली पौडीबाज अविभ प्रधानले पुरुष ५० मिटर बटरफ्लाईमा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

टोकियो एक्वाटिक सेन्टरमा बिहीबार भएकाे खेलमा उनले २६ दशमलव ०५ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । उनले नेपाल एक्वेटिक्स च्याम्पियनसिपमा बनाएको २६ दशमलव ४० सेकेन्डको आफ्नै कीर्तिमानमा सुधार गरेका छन् ।

प्रधानले हिट-२ को चौथो स्थान हासिल गरेका थिए । समग्रमा भने प्रधान ३१औं स्थानमा रहेका छन्। यो विधामा ४४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।