Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


देशका ७ वटै प्रदेशमा आज दिउँसाेदेखि मध्यम तथा भारी वर्षा हुँदै


897
Shares

काठमाडाैं । हाल देशैभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ।

साथै बङ्गालको खाडीको न्यून चापीय क्षेत्र हाल पश्चिम(मध्य तथा आसपासको उत्तर-पश्चिमी बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्रको रुपमा रहेको हाे। आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम-उत्तरपश्चिम दिशा तिर सर्ने देखिएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

बुधबार बिहान देशको हिमाली भू-भागमा साधारणतया बादल लागेको हाे। पहाडी र तराई भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बादल लागेको महाशाखाले जनाएकाे छ।

त्यस्तै, बुधबार दिउँसाे भने देशैभर साधारणतया बादल लाग्ने भएकाे हाे। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेकाे छ।

मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागको केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे हाे।

त्यस्तै, बुधबार राति भने देशैभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको समेत सम्भावना रहेकाे हाे। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेकाे छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली, पहाडी तथा तराई भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाउकाे हाे।

Skip This