Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता


104
Shares

काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिला सम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच भेटवार्ता भएको छ ।

साेही भेटका क्रममा नेपाल र अमेरिकाबीचको सम्बन्ध, हालै भोटेकोशी नदीमा गएको बाढी पश्चात राहत तथा पुनर्निर्माणका कार्यहरू लगायत विषयमा छलफल भएको नेपाली नियोगले जनाएको हाे । उक्त अवसरमा मन्त्री खनाल र उपविदेशमन्त्री हुकरबीच पुनर्निर्माणका प्रयासहरूमा अमेरिकाको निरन्तर सहयोगको विषयमा समेत कुराकानी भएको छ।

साेही अवसरमा परराष्ट्रसचिव अमृतबहादुर राई र स्थायी नियोग प्रमुख लोकबहादुर थापा लगायतका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।

Skip This