Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


वैदेशिक पलायन रोक्न नवप्रवर्तनमा जोड : उपकुलपति डा.बराल


338
Shares

काभ्रे । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. विवेक बरालले बढ्दो वैदेशिक पलाएन रोक्न नवप्रवर्तनमा जोड दिएकाे बताउनुभएकाे छ ।

उहाँले नेपाललाई ज्ञान, उच्च प्रविधि र उत्पादन निर्यात गर्ने देश बनाउन चाहेको बताउनुभयाे । विश्वविद्यालयमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा उपकुलपति बरालले मानव संशाधन विकास सबैभन्दा महत्वपूर्ण रहेको भन्दै नेपाललाई मान्छे एक्सपर्ट गर्ने देश भन्दा नलेज, स्किल, उत्पादन र हाइटेक सेवा एक्सपर्ट गर्ने देश बनाउन चाहेको बताउनुभयाे ।

त्यसको लागि विश्वविद्यालयले नवप्रवर्तनमा जोड दिइएको उहाँको भनाई छ । उहाँले नेपाली युवाहरुलाई केही गर्ने आँट दिन खोजिरहेका बताउनुभयाे। बढ्दो वैदेशिक पलायनलाई रोक्न नवप्रवर्तनलाई जोड दिएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयाे, मैले मेरै छोरालाई टिकाउन सकिन भने त्यो जस्तो असफलता केहि पनि होइन । मैले त्यो चाँही विशेष ध्यान दिएर मैले मेरा छोराछोरी जस्ता धेरै विद्यार्थीहरुलाई यहिँ रोक्नका लागि जोड दिने कार्यक्रमलाई प्राथमिकतामा राखेको छु । त्यसको लागि सबैको साथ र सहयोगको अपेक्षा गरेको छु ।

काठमाडौं विश्वविद्यालयले गुणस्तरीय शिक्षाको उत्कृष्ट छबि बनाएको उपकुलपति बरालले बताउनुभयाे । कार्यक्रममा रजिस्ट्रार विराज सिं थापाले सञ्चारकर्मीसँगको सहकार्यमा केयूले गरिरहेका कामलाई समुदायसम्म पुर्याउने बताउनुभयाे ।

विश्वविद्यालयले समुदायसँगको अन्तरसम्बन्ध बलियो बनाउन विभिन्न कार्यक्रम तय गरेको जानकारी दिँदै उनले आगामी दिनमा सहयात्रालाई थप बलियो बनाउने बताउनुभएकाे छ । पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद कुमार न्यौपानेले क्षमता विकास तालिम, उच्चतम प्रविधि, एआई लगायतका कार्यक्रममा सहकार्यको आवश्यकतामा जोड दिनुभयाे ।

राम लामाले काठमाडौं विश्वविद्यालय र सञ्चारकर्मीबीच समसामयिक विषयमा परामर्श गर्दै अगाडी बढ्ने बताउनुभएकाे छ ।

Skip This