Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई


260
Shares

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएकाे छ ।

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्न लागेपछि उनको अनुपस्थितिमा वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।

प्रधानमन्त्री शाह आज साँझ ७ बजे अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। आफ्नो विदेश भ्रमणका क्रममा सरकारको दैनिक कार्यसम्पादनका लागि उनले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नुभएकाे थियाे ।

प्रधानमन्त्रीको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले डा। वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोक्नुभएकाे हाे । प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालाई यही असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम छ। महासभामा सहभागिता जनाएर उनी असोज १० गते स्वदेश फर्किने कार्यतालिका रहेको छ।

Skip This