Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


बाढीपीडितका लागि उबरको ५० लाख सहयोग


169
Shares

काठमाडौं ।

 भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उबरले नेपाल रेडक्रस सोसाइटीलाई ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

उबरले उक्त रकम आपत्कालीन राहत सामग्री, आश्रय तथा पुनःस्थापनाका काममा प्रयोग हुने जनाएको छ। नेपाल रेडक्रसको समन्वयमा सहयोग आवश्यक परेका प्रभावित समुदायसम्म राहत पुर्‍याइनेछ।

त्यस्तै, उबरले आफ्नो प्लेटफर्मबाट हुने यात्रामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समेत योगदान गर्ने भएको छ। प्रत्येक उबर बाइक यात्राबाट १० रुपैयाँ र क्याब यात्राबाट २० रुपैयाँ बाढी राहतका लागि छुट्याइएकाे जनाएकाे छ ।

राहत अभियानमा उबरका फ्लीट साझेदार ट्याक्सिमाण्डुले समेत सहकार्य गर्ने जनाएको छ।

Skip This