Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


घट्याे आज पनि सुनचाँदीको मूल्य


572
Shares

काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ।

सोमबार प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको सुनको मूल्य मंगलबार तोलामा १ हजार ७ सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला ३ लाख २ हजार २ सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ।सोमबार सुन प्रतितोला ३ लाख ३ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी सोमबार प्रतितोला ४ हजार ८ सय ५ रूपैयाँमा कारोबार भएको थियाे। तर चाँदी मंगलबार तोलामा ४ हजार ७ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य साेमबारको तुलनामा प्रतितोला ३० रूपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस ४ हजार ३ सय ४७ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।