काठमाडाैं । जापानमा जारी २० औं एशियाली खेलकुदमा नेपालको पुरुष कबड्डी टोली पराजित भएकाे छ।
तोकाइ सिटिजन जिम्न्याजियममा सोमबार भएको पहिलो खेलमा नेपालले थाइल्याण्डले एकपक्षीय रूपमा नतिजा सुम्पिएकाे हाे। । दुवै हाफमा पछि परेको नेपाल ५९-४८ अंकले पराजित भयो । पहिलो हाफमा नेपालले थाइल्याण्डलाई कडा चुनौती दिएको थियो । तर, पहिलो हाफ सकिँदा नेपाल २४–२८ ले पछि पर्यो ।
याेसँगै दोस्रो हाफमा चार अंकले पछि रहँदै नेपालले शुरुवात गर्यो । दोस्रो हाफमा नेपालले पुनरागमन गर्ने आशा गरे पनि सफल भएन । दोस्रो हाफमा पनि थाइल्याण्डको आक्रामक शैलीलाई नेपाल रोक्न असफल रह्यो । दोस्रो हाफमा थाइल्याण्डले ३१ अंक जोड्दा नेपालले २४ अंक मात्र बनाउन सक्यो ।
समूह ‘बी’ को थाइल्यान्डले ११ अंकको जित निकालेकाे छ । भारतमा व्यावसायिक लिग खेलेका घनश्याम रोकामगरको कप्तानीमा नेपाल जित निकाल्न असफल भयो । विष्णुदत्त भट्ट मुख्य प्रशिक्षक थिए । नेपालले २९ रेड अंक र बोनस अंक १८ पायो । साथै एक सुपर अंक समेत नेपालले प्राप्त गरेको थियो ।
पहिलो खेलमै पराजित भएपछि नेपाल दोस्रो चरणमा पुग्न दबाबमा परेको छ ।









प्रतिक्रिया दिनुहोस्