Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


विश्व शान्ति दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै


91
Shares

काठमाडौं । विश्व शान्ति दिवस साेमबार नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।

प्रत्येक वर्ष सेप्टेम्बर २१ का दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् १९८१ मा सेप्टेम्बर २१ तारिखलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। त्यसयता हरेक वर्ष विभिन्न कार्यक्रममार्फत यो दिवस मनाइँदै आएको छ।

नेपालमा पनि शान्ति, सद्भाव र अहिंसाको सन्देश प्रवाह गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउने गरिन्छ।यसैबीच, सेप्टेम्बर २१ लाई विश्व अल्जाइमर्स दिवसका रूपमा पनि मनाइन्छ।

अल्जाइमर्स रोग सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी साेही दिवसलाई मनाउने गरिन्छ ।