काठमाडौं । साविक विजेता आर्सनलले इंग्लिस प्रिमियर लिगमा पहिलो हार व्यहोरेको छ।
फाल्मर रंगशालामा शनिबार राति सम्पन्न भएकाे खेलमा ब्राइटनले आर्सनललाई ३-० गाेल अन्तरले निरास बनाएको हो। घरेलु टोली ब्राइटनलाई जित दिलाउन पास्कल ग्रोस, चार्लाम्पोस कोस्टौलास र चेमा आन्द्रेसले गोल गरेका थिए। खेलको ३१औं मिनेटमा ग्रोसको गोलमार्फत ब्राइटनले अग्रता लिएको थियो। पहिलो हाफको अन्तिम मिनेटमा कोस्टौलासले टोलीको अग्रता दोब्बर बनाएका थिए।
आन्द्रेसले ५७औं मिनेटमा ब्राइटनका लागि तेस्रो गोल गरेका थिए । जितसँगै पाँच खेलबाट १० अंक जोडेको ब्राइटन तेस्रो स्थानमा उक्लिएको छ । पराजित आर्सनल समान खेलबाट १२ अंकका साथ दोस्रो स्थानमा रहेकाे हाे।
साथै शनिबारै सम्पन्न भएका अन्य खेलमा कोभेन्ट्री सिटीले नटिङघम फरेस्ट तथा एभरटनले इप्सवीच टाउनलाई १–०, न्युक्यासल युनाइटेडले हल सिटीलाई २-१ र एस्टन भिल्लाले टोटनहमलाई ३-२ गाेलले पराजित गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्