Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


नेपाल प्रहरीमा विभिन्न पदका लागि ३३४ जनाकाे माग (सूचनासहित)


221
Shares

काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ भर्ना खुलाएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गत मानव स्रोत विकास विभागको वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले शुक्रबार एक सूचना जारी गर्दै खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो। प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी कार्यालय सहयोगीका विभिन्न पदमा गरी ३ सय ३४ जनाका लागि नयाँ भर्ना खुला गरिएकाे छ।

जारी सूचना अनुसार प्रहरी सहायक निरीक्षक (जनपद) पदमा २ सय ११ जना माग गरिएको हाे। त्यस्तै, प्रहरी कार्यालय सहयोगीतर्फ भान्छे ८३, हजाम १५ र कुचीकार २५ जना माग गरिएको छ। इच्छुक उम्मेदवारले असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म नेपाल प्रहरीको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्ने पनि जारी सूचनामा उल्लेख गरिएकाे हाे।

1
2
3
4
5