Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


जथाभावी फोहोर फाले १५ हजारसम्म जरिवाना


351
Shares

काठमाडौं । सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्नेलाई १५ हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

पूर्वाधार विकासमन्त्री सुनील लम्सालले प्रतिनिधिसभामा दर्ता गराएको फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयकमा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो। सार्वजनिक स्थानमा राखिएका डस्टबिनमा फोहोर नहाल्ने, डस्टबिन तोडफोड गर्ने तथा सडक वा सार्वजनिक ठाउँमा फोहोर फाल्नेलाई विभिन्न कसुरअनुसार जरिवाना गर्ने प्रस्ताव गरिएकाे छ ।

त्यस्तै, जोखिमपूर्ण फोहोर तोकिएको स्थानबाहेक अन्यत्र फालेमा ५० हजारदेखि १ लाख रुपैयाँसम्म र सार्वजनिक स्थानमा पोस्टर, पम्प्लेट तथा भित्तेलेखन नहटाएमा ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना प्रस्ताव गरिएको छ।

विधेयक संघीय संसद्का दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र कार्यान्वयनमा आउनेछ ।