Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


इरानसँगको युद्ध अन्त्यको नजिक पुगेको राष्ट्रपति ट्रम्पको दावी

सम्झौता गर्न इरान निकै आतुर रहेको जिकिर

403
Shares

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यको नजिक पुगेको दावी गर्नुभएकाे छ।

राष्ट्रपति ट्रम्पले बुधबार सम्झौता गर्न इरान निकै आतुर रहेको समेत दोहोर्‍याउनुभएकाे हाे। हालैका दिनमा इरानी पक्षबाट कुनै सन्देश आएको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले आफूले इरानसँग प्रत्यक्ष कुराकानी गरिरहेको समेत बताउनुभएकाे छ।

राष्ट्रपति ट्रम्पले अमेरिकासँग इरानले प्रत्यक्ष सम्पर्क गरी सम्झौता गर्न चाहेको जानकारी दिनुभयाे। युद्ध कुन चरणमा पुगेको छ भनेर सञ्चारकर्मीले सोधिएको प्रश्नमा उहाँले युद्धको अन्तिम चरणतिर भएकाे बताउनुभएकाे छ।

इरानबाट प्रत्यक्ष सन्देश आएको हो वा मध्यस्थकर्तामार्फत भन्ने अर्को प्रश्नमा राष्ट्रपति ट्रम्पले इरानी पक्षबाट सोझै जानकारी प्राप्त गरेकाे जिकिर गर्नुभयाे।