Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


१ अर्ब ३४ करोड रूपैयाँ बढीको हुण्डी कारोबार गरेकाे आराेपमा एक व्यक्ति पक्राउ


2.3k
Shares

काठमाडौं । मलेसिया लगायत विभिन्न मुलुकहरूबाट अवैध हुण्डी कारोबार कारोबार गरेकाे आराेपमा एक जना व्यक्त पक्राउ परेका छन् ।

नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १ अर्ब ३४ करोड ७८ लाख ३९ हजार १ सय ४४ रुपैयाँ बराबरको हुण्डी कारोबार गर्ने अजयकुमार मुखियालाई पक्राउ गरेको हो । धनुषा सहिद नगरपालिका-४ का मुखियाले विभिन्न समयमा व्यक्तिगत तथा व्यावसायिक बैंक खाताहरूको प्रयोग गरी हालसम्म उक्त परिमाणको कारोबार गरेको सीआईबीले जनाएको छ ।

सीआईबीले मुखियालाई धनुषा जिल्ला अदालतबाट अनुमति लिएर यहि भदौ ३० गते पक्राउ गरेको बताएको हाे। मुखियामाथि हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले बताएको छ ।

सीआईबीले यसमा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धान कार्य तीव्रता साथ भइरहेको जनाएको हाे।