Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


चिलिमे जलविद्युत आयोजनाको सुरूङभित्र ५ शव फेला


585
Shares

काठमाडाैं । रसुवाको चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ५ वटा शव फेला परेको छ।

नेपाली सेनाले सुरुङको अन्तिम किनारासम्म खोजी गर्दा साेही शव भेटिएकाे जनाएकाे हाे। फेला परेका शवको पहिचान तथा अन्य विवरण खुल्न बाँकी रहेको सेनाले बताएको छ।

भदौ १० गते भोटेकोशी हुँदै आएको बाढीपछि विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र मान्छे फसेको आशंकामा खोजी तथा उद्धार कार्य जारी रहेकाे हाे।