Logo ३१ भाद्र २०८३, बुधबार | Wed Sep 16 2026


भोटेकोशी बाढीः १४ शव पहिचान, ८१ जनाको डिएनए संकलन


78
Shares

नारायणगढ (चितवन) । रसुवाको भोटेकोशीमा गएको बाढीपछि चितवनमा ३६४ जनाको शव फेला परेकामा १४ शवको पहिचान भएको छ । हराइरहेका व्यक्तिको पहिचानका लागि उनीहरुका ८१ जना आफन्तको डिएनए नमूना सङ्कलन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म जिल्लामा फेला परेकामध्ये अधिकांश शव पहिचान गर्न नसकिने अवस्थामा रहेकाले डिएनए परीक्षण तथा कानुनी प्रक्रियामार्फत व्यवस्थापन गरिएको हो । पहिचान खुलेका शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको उहाँले जानकारी दिनुभयो ।

पहिचान खुल्न नसकेका ३४९ शवको सुरक्षित व्यवस्थापन गरिसकिएको प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो । हाल एउटा शवको मात्र व्यवस्थापन गर्न बाँकी छ । व्यवस्थापन गरिएका सबै शवको डिएनए नमूना सुरक्षित राखिएको उहाँले बताउनुभयो ।

हराइरहेका व्यक्तिको पहिचान खुलाउन प्रहरीले आफन्तको डिएनए नमूना सङ्कलनलाई पनि प्राथमिकता दिएको छ । डिएनए नमूना सङ्कलन गरी विधिविज्ञान प्रयोगशाला पठाइएको छ ।