काठमाडाैं। जापानमा हुने एशियन गेम्सका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय नेपाली क्रिकेट टोलीको अन्तिम नामावली घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार ऐरीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलिमा ऐरीसँगै रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुल्सनकुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन् ।
एशियन गेम्स अन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तान र आयोजक जापानसँग प्रतिस्पर्धा गर्ने भएकाे हाे। नेपाली टोलीको टिम लिडरमा पूर्वराष्ट्रिय क्रिकेट खेलाडी विनोद दास रहेका छन् । मुख्य प्रशिक्षकमा स्टुअर्ट ल रहेका हुन् ।
नेपालले एशियन गेम्समा क्रिकेटमार्फत राम्रो प्रदर्शन गर्ने लक्ष्यसहित टोली तयार गरेको क्यानले जनाएकाे छ। खेल आगामी असोज ३ देखि १८ गतेसम्म जापानको आइची-नागोयामा आयोजना हुने भएकाे हाे।









प्रतिक्रिया दिनुहोस्