Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


एन्फाको ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम अनिश्चितकालका लागि स्थगित


0
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा ध्यानाकर्षण पत्र बुझाउने तथा धर्ना कार्यक्रम स्थगित भएको छ।

एन्फाले मंगलबारका लागि तय भएको कार्यक्रम विशेष कारणले अनिश्चितकालका लागि स्थगित भएको जनाएकाे हाे। कार्यक्रम नहुनुको स्पष्ट कारण भने खुलाइएको छैन । एन्फा निलम्बन फुकुवाका लागि कदम नचालिएको भन्दै राखेपलाई ध्यानाकर्षण बुझाउने कार्यक्रम थियो । त्यसपछि एक घण्टा धर्ना बस्ने एन्फाले जनाएको हाे।

गत असार ११ गते एन्फालाई फिफाले निलम्बन गरेको थियो । एन्फामा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले अनिश्चतकालका लागि निलम्बन गरेको हो । एन्फाले यसअघि नै निलम्बन फुकुवाका प्रयास आफ्नो पहुँचमा नभएको र फुकुवाको निम्ति सरकारले कार्य अघि बढाउनुपर्ने स्पष्ट पारिसकेको छ ।

यता, परिषद् र शिक्षा तथा खेलकुद मन्त्रालयले फिफा र एशियाली फुटबल महासंघ (एफसी)सँग भित्रभित्रै छलफल भइरहेको जनाएको हाे ।