Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


टेकुको ऋषेश्वर महादेव मन्दिरमा भक्तजनको भीड


143
Shares

काठमाडाैं । ऋषि पञ्चमी पर्वकाे अवसरमा मंगलबार काठमाडाैंको टेकुमा रहेको ऋषेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ।

साेमबार राति १२ बजेदेखि नै दर्शनका लागि मन्दिर खुला गरिएको हाे । काठमाडाैं महानगरपालिका-१२ ले मन्दिर तथा त्यस आसपास क्षेत्रका सम्पदास्थलमा सरसफाइ, रङरोगन र सडक बत्ती व्यवस्थापनसहित भीड व्यवस्थापनको काम गरिरहेको छ । प्रारम्भिक स्वास्थ्य जाँचसम्बन्धी शिविर सञ्चालन गरिएको हाे। आवश्यक परेमा एम्बुलेन्स सेवा तयारी अवस्थामा राखिएको वडाध्यक्ष बालकृष्ण महर्जनले बताउनुभएकाे छ।

वडाले विभिन्न ५० वटा धार्मिक तथा सामाजिक संस्थाका प्रतिनिधिसँग समन्वय गरी व्रत बसेका महिलालाई मन्दिरमा दर्शनका साथै पञ्चमीको पूजा समेत गराउने व्यवस्था मिलाएको हाे । मंगलबार टेकुदेखि कुलेश्वर र सानेपा निस्कने गाडी सञ्चालनमा रोक लगाइएकाले वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले सबैलाई आग्रह गरेको छ।