Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडकाे न्यूक्यासलमाथि सहज जित

न्यूक्यासल युनाइटेड भने ४-१ गाेल अन्तरले पराजित

91
Shares

काठमाडाैं । इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले न्यूक्यासल युनाइटेडलाई ४-१ गाेल अन्तरले पराजित गरेको छ।

घरेलु मैदान इल्यान्ड रोडमा मंगलबार बिहान सम्पन्न खेलमा लिड्सले न्यूक्यासललाई सहजै पराजित गरेकाे हो। लिड्सले एक गोल उपहार पाएको थियो । न्यूक्यासलका लुइस माइलीले खेलको ३२ औं मिनेटमा आफ्नै पोष्टमा गोल गरेका थिए । त्यसपछि ३४ औं मिनेटमा जेडेन बोगलले गोल गर्दै लिड्सको अग्रता दोब्बर बनाएका छन्।

डोमिनिक काल्भर्ट–लेविनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेपछि लिड्सले ३ गोलको अग्रता बनायो । दोस्रो हाफमा नोआ ओकाफोरले अर्को गोल थपेका थिए । न्यूक्यासलका बाजुमाना टुरेले ९०औं मिनेटमा सान्त्वना गोल फर्काएका छन् ।

यो जितसँगै लिड्स लिगमा अपराजित रहँदै ८ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेकाे हाे। शीर्ष स्थानमा रहेको आर्सनल र दोस्रोमा रहेको म्यानचेस्टर सिटीको समान १२ अंक रहेकाे छ । न्यूक्यासल १२औं स्थानमा रहेकाे हाे।