Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


पर्वत र बागलुङसहित १८ जिल्लामा आज पनि आकस्मिक बाढीको जोखिम (सूचीसहित)


208
Shares

काठमाडौं । देशका पर्वत र बागलुङसहित १८ जिल्लामा मंगलबार पनि आकस्मिक बाढीको जोखिम रहेकाे पूर्वानुमान गरिएकाे छ।

बाढी पूर्वानुमान महाशाखाले भारी वर्षासँगै कतिपय साना-ठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जनाएको हाे। मंगलबार ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, गोरखा, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बझाङ, बाजुरा र आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाव उल्लेख्य रुपमा बढ्ने पूर्वानुमान गरिएकाे छ। साेही जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको हाे।

महाशाखाले देशका केही ठूला नदीमा पनि बहाव उल्लेख्य रुपमा बढ्ने पूर्वानुमान गरेकाे छ।