Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


काठमाडौँमा तीजमा आपराधिक गतिविधिमा संलग्न ७७ जना नियन्त्रणमा


0
Shares

काठमाडौँ । हरितालिका तीजको अवसरमा काठमाडौँ प्रहरीले सम्भावित अवाञ्छित तथा आपराधिक गतिविधि नियन्त्रणका लागि सोमबार ७७ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार विगतका घटनाको विश्लेषणका आधारमा चोरी–लुटपाट, महिला दुर्व्यवहार लगायत गतिविधिमा संलग्न हुन सक्ने आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आज पशुपतिनाथ मन्दिरमा करिब ४५ हजार श्रद्धालु दर्शन तथा पूजाआराधनाका लागि पुगेका थिए। दिनभर कुनै अप्रिय घटना नभएको र पर्व शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ।