काठमाडाैं । हरितालिका तीज पर्वको अवसरमा सोमबार मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ स्थित भुवनेश्वर पशुपति मन्दिरमा पूजा आराधना तथा दर्शनका लागि भक्तजनहरूको उल्लेख्य भीड लागेको छ ।
तीजका अवसरमा विशेष गरी महिलाहरू साेमबार बिहानैदेखि मन्दिरमा पुगेर भगवान् शिवको पूजा–आराधना, जलार्पण तथा दर्शन गरिरहेका हुन् । रातो सारी तथा तीजको पहिरनमा सजिएका महिलाहरू समूह–समूहमा मन्दिर परिसरमा पुगेका छन् । मन्दिर परिसरमा भक्तजनको चहलपहल बढेसँगै तीजको धार्मिक तथा सांस्कृतिक वातावरण समेत देखिएको छ ।
विवाहित तथा अविवाहित महिलाहरूले आफ्नो मनोकामना पूरा होस्, परिवारमा सुख, शान्ति र समृद्धि कायम रहोस् भन्ने कामनासहित भगवान् शिवको पूजाआराधना गरेका छन् । हरितालिका तीज नेपाली हिन्दु महिलाहरूको महत्त्वपूर्ण धार्मिक तथा साँस्कृतिक पर्वका रूपमा मनाइँदै आएको हाे।
साेही दिन महिलाहरूले व्रत बसेर शिव-पार्वतीको पूजा गर्ने धार्मिक परम्परा रहेको छ ।









प्रतिक्रिया दिनुहोस्