Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


स्पेनिस ला लिगामा बार्सिलोनाको पाँचौं खेलसम्म पनि विजयी यात्रा कायमै


221
Shares

काठमाडौं । साबिक विजेता बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा आफ्नो विजयी यात्रालाई पाँचौं खेलसम्म कायम राखेको छ।

सिउदाद डे भ्यालेन्सिया रंगशालामा आइतबार राति भएकाे खेलमा बार्सिलोनाले लेभान्टेविरुद्ध ४–२ गाेलको जित दर्ता गरेको हो । पाहुना टोली बार्सिलोनालाई जित दिलाउन लामिन यामलले दुई तथा जाभी एस्पार्ट र करिम अदेयेमीले एक–एक गोल गरेका थिए। लेभान्टेका लागि इभान रोमेरोर रोजर ब्रुगले एक–एक गोल फर्काएका हुन् ।

खेलको पाँचौं मिनेटमा एस्पार्टको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । १९औं मिनेटमा यामलले टोलीको अग्रता दोब्बर बनाएका हुन् । यामलले ४८औं मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेका थिए ।

रामेरोले ७९ र ब्रुगले ८८औं मिनेटमा गोल गर्दै लेभान्टेलाई खेलमा फर्काउनले संकेत दिएका थिए । इन्जुरी टाइममा अदेयेमीले गोल गरेपछि खेल ४–२ को स्थितिमा सकियो । याे जितसँगै पाँच खेलबाट १५ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा कायम छ । पराजित लेभान्टे समान खेलबाट पाँच अंकका साथ १३औं स्थानमा छ ।