Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


हरितालिका तीज : साेमबार बिहान ३ बजेबाटै पशुपतिनाथकाे चारवटै ढाेका खुल्ने


78
Shares

काठमाडौं ।

हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने भएका छन्। भदौ २९ गते परेको तीजमा भक्तजनका लागि विशेष पूजा तथा दर्शनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

भक्तजनको सहज दर्शनका लागि मन्दिरबाहिर पाँच र मन्दिर परिसरभित्र आठवटा लाइनको व्यवस्था गरिएको छ। तीजमा महिला भक्तजनको संख्या उल्लेख्य हुने भएकाले महिला सुरक्षाकर्मीको थप परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरेको छ।

यस्तै, ट्राफिक व्यवस्थापनका लागि विशिष्ट व्यक्तिका सवारीसाधन कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ। अन्य सवारीसाधनका लागि भण्डारखाल, सिफल चौर, वनकाली, तिलगंगा र उमाकुण्डमा पार्किङस्थल तोकिएको कोषले जनाएको छ।