Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


काठमाडौं र भक्तपुरसहित १८ जिल्ला आज आकस्मिक बाढीको जोखिममा (सूचीसहित)


988
Shares

काठमाडौं। काठमाडौं र भक्तपुरसहित १८ जिल्ला आइतबार आकस्मिक बाढीको जोखिम रहेकाे पूर्वानुमान गरिएकाे छ।

बाढी पूर्वानुमान महाशाखाले भारी वर्षासँगै कतिपय साना-ठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जनाएको हाे । आइतबार पाँचथर, संखुवासभा, सप्तरी, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, गोरखा, तनहुँ, लमजुङ, कास्की, पर्वत, जाजरकोट, दैलेख, सुर्खेत र आसपासका जिल्ला भई बहने स-साना नदीमा बहाव उल्लेख्य रुपमा बढ्ने पूर्वानुमान गरिएकाे छ।

साेही जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको हाे। महाशाखाले केही ठूला नदीमा पनि बहाव उल्लेख्य रुपमा बढ्ने पूर्वानुमान गरिएकाे जानकारी गराएकाे छ।