Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


अन्नपूर्ण किंग्स कर्णाली शिवराजलाई पराजित गर्दै बन्याे एनभीएलकाे च्याम्पियन


78
Shares

काठमाडौं । अन्नपूर्ण स्पाइकर किंग्स नेपाल भलिबल लिग (एनभीएल) काे च्याम्पियन बनेकाे छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्रा (राखेप) कभर्डहलमा शनिबार सम्पन्न भएकाे पहिलाे संस्करणकाे फाइनल खेलमा अन्नपूर्णले कर्णाली शिवराजलाई साेझाे सेटमा पराजित गर्दै च्याम्पियन बनेकाे हाे । अन्नपूर्णले २५-१५, २५-२०, २५-१८ ले आफ्नो पक्षमा पारेकाे छ।

याे जितसँगै अन्नपूर्णले लिग चरणमा व्यहाेरेकाे हारकाे बदला पनि लिएकाे हाे । समूह चरणमा कर्णाली ३-१काे सेटमा विजयी भएकाे थियाे । अन्नपूर्णले अंक तालिकाकाे शीर्ष स्थानमा रहेर फाइनल खेल्दा कर्णाली प्लेअफमा काठमाडौं रेड्सलाई पराजित गर्दै फाइनल पुगेकाे थियाे। याे जितसँगै अन्नपूर्णले २० लाख रुपैयाँ प्राप्त गरेकाे छ ।

केडिया ग्रुपकाे आयोजनामा सम्पन्न प्रतियाेगितामा ६ फ्रेन्चाइज टाेलीले सहभागिता जनाएका थिए ।