विवेक भण्डारी, नवलपुर ।
नवलपरासी बर्दघाट–सुस्ता पूर्व नवलपुरको गैडाकोट नगरपालिका वडा नं १२ हर्कपुरमा दुई बस आपसमा ठोक्किँदा यात्रुहरू घाइते भएका छन्।
शनिवार नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख ६४५७ नम्बरको बसलाई सोही दिशातर्फ पछाडिबाट आइरहेको लु २ ख ६०३६ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा दुबै बसमा सवार यात्रु घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि भरतपुर तर्फ पठाइएको छ।
घटनापछि लु २ ख ६४५७ नम्बरको बस चालक बौदीकाली गाउँपालिका वडा नं। ६ निवासी ४२ वर्षीय लोकबहादुर थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









प्रतिक्रिया दिनुहोस्