Logo २३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026


एकैदिन सुन ताेलामा ३५ सय रूपैयाँले बढ्याे


494
Shares

काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ।

सोमबार प्रतितोला २ हजार चार सय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार तोलामा ३ हजार ५ सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ।सोमबार सुन प्रतितोला ३ लाख १ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी सोमबार प्रतितोला ४ हजार ६ सय ९० रूपैयाँमा कारोबार भएको थियाे। तर चाँदी मंगलबार तोलामा ४ हजार ७ सय ९० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य साेमबारको तुलनामा प्रतितोला एक सय रूपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस ४ हजार ४ सय २९ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।

Skip This