Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


विज्ञको सल्लाह लिएर विकास निर्माणको योजना बनाउने मुख्यमन्त्रीको प्रतिवद्धता


0
Shares

हेटौंडा, असोज १४ । प्रदेश नम्बर ३ को प्रदेश नीति तथा योजना आयोगले आवधिक विकास योजनाको आधारपत्र तर्जुमा शुरु गरेको छ ।

हेटौंडामा आयोजित कार्यक्रमको उद्घाट्न गर्दै मुख्यमन्त्री डोरमणी पौडेलले विज्ञहरुको सल्लाह लिएर योजनाबद्ध ढंगले विकास निर्माणको थालनी गर्ने बताए ।

कार्यक्रममा सातै प्रदेशका मन्त्रीहरु, सचिवहरु, मकवानपुर जिल्लाका स्थानीय जनप्रतिनिधिहरु, सरकारी निकायका प्रमुखहरु र जिल्ला समन्वय समिति मकवानपुरका पदाधिकारी सहित ८० जनाको सहभागिता छ ।

प्रदेश योजना आयोगका अध्यक्ष डा. खिमलाल देवकोटाले विगतको जस्तो योजना बनाउने कार्यशैलीलाई परिमार्जन गरि प्रदेशको आर्थिक गतिविधिलाई देश, प्रदेश र जनताको उन्नति गर्ने किसिमको योजना बनाउने बताए ।