रुकुमपूर्व । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–६ मयाङ खोलामा आएको बाढीमा बगेर दुई जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा स्थानीय मयाङ गाउँका ७० वर्षीय तीर्थराम शाही र ४९ वर्षीय बुद्धिराज सेन रहेको प्रहरीले जनाएको छ । उनीहरु खरिढुङ्गादेखि घरतर्फ फर्कदै गर्दा काठको पुल तर्ने क्रममा चिप्लिएर खोलाले बगाएको प्रहरीले जानकारी दिएकाे छ ।
लगातारको वर्षापछि खोलामा पानीको बहाव बढेकाे थियाे । साेही क्रममा उनीहरुलाई खोलाले बगाएको बताइएको छ । बेपत्ताहरुको स्थानीय र प्रहरीले खोजी कार्य जारी छ ।









प्रतिक्रिया दिनुहोस्