एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विट्कफ र जारेड कुशनरले मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् ।
उनीहरुले रुस र युक्रेनबीच जारी रहेको युक्रेन युद्ध अन्त्य गर्ने प्रयास स्वरूप राष्ट्रपति पुटिनसँग भेटवार्ता गरेका हुन् । क्रेमलिनमा भएको करिब ३ घण्टा लामो वार्तामा युद्ध अन्त्य गर्ने सम्भावित प्रस्ताव र शान्ति प्रक्रियाकाे बारेमा छलफल भएको जनाइएकाे छ। राष्ट्रपति पुटिनले अमेरिकी प्रतिनिधिसँगको संवादलाई उपयोगी रहेको बताउनुभयाे। वार्तापछि अमेरिकी दूतहरू आइतबार युक्रेनको राजधानी कीभ जाने तयारीमा रहेकाे जनाइएकाे छ। छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी टोलीसँग गम्भीर वार्ताका लागि आफूहरू तयार रहेको बताइसक्नुभएकाे छ। रुस र युक्रेनले एक-अर्काका राजधानीमा ३ दिनसम्म आक्रमण नगर्ने सहमति समेत गरेका हुन् । तर, रुसले राजधानी बाहेक युक्रेनका अन्य क्षेत्रमा भने युद्धविराम स्वीकार नगरेको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्