काठमाडौं । भुटानमा जारी सेन्ट्रल एशिया भलिबल संघ (काभा) बिच भलिबल टुरमा महिलातर्फ नेपालका दुवै टोली विजयी भएका छन् ।
नेपालका दुवै टोलीले शुक्रबार भुटानलाई २–० को सोझो सेटमा पराजित गरेका हुन् । पहिलो खेलमा भावना डाँगी र सुनिता डांगीको जोडीले किन्ले र रिन्चेनको जोडीविरुद्ध २१–१२, २१–८ को सहज जित निकाल्यो ।
त्यसैगरी, दोस्रो खेलमा कमला पुन, कोपिला रानाको जोडीले एकतर्फी जित निकाल्ने क्रममा भु कर्मा र डिचेनको जोडीलाई २१–५, २१–१६ ले निरास बनाएकाे छ। शुक्रबार नै पुरुषतर्फ झमनसिंह दर्जी र शरण कार्कीको जोडीले भारतसँग सोझो सेटमा हार व्यहोर्दा भुटानलाई सोझो सेटमै पराजित गरेकाे हाे।
यता, महेन्द्र श्रेष्ठ र राजकुमार निरौलाको जोडी भने बंगलादेशसँग २–१ को सेटमा निरास बनेकाे छ।









प्रतिक्रिया दिनुहोस्