Logo १९ भाद्र २०८३, शुक्रबार | Fri Sep 4 2026


इन्डोनेसियाका ६ प्रान्तमा भीषण डढेलो, हावाको गुणस्तर अत्याधिक प्रदूषित

१४ लाख ३० हजार विद्यार्थी अनलाइन पढ्न बाध्य

195
Shares

एजेन्सी। इन्डोनेसियाका ६ वटा प्रान्तमा फैलिएको भीषण डढेलोका कारण हावाको गुणस्तर अत्याधिक प्रदूषित भएकाे छ।

जसका कारण ४ लाख भन्दा बढी विद्यार्थी अनलाइन पढ्न बाध्य भएका हुन् । शिक्षा मन्त्रालयले सेप्टेम्बर २ तारिखसम्ममा सबै भन्दा बढी प्रभावित ६ प्रान्तका १२ हजार ८ सय ७४ विद्यालयका करिब १४ लाख ३० हजार छात्रछात्राहरूले अनलाइन कक्षा लिइरहेकाे जनाएकाे छ।

यो अनलाइन अध्यापन अगस्ट ३१ देखि सेप्टेम्बर ४ सम्म जारी रहेकाे हाे। हरेक तीन दिनमा यसको समीक्षा गरिने भएकाे छ ।शिक्षा मन्त्रालयका अनुसार अनलाइन कक्षा सञ्चालनको निर्णय सम्बन्धित क्षेत्रको वायु प्रदूषण मानक सूचकांकका आधारमा लिइएको हो । जुन स्थानमा यो सूचकांक २ सय भन्दा माथि जान्छ । त्यहाँ अनलाइन कक्षा लागू गरिन्छ ।

बुधबार कालिमन्तानका अधिकांश क्षेत्रहरूमा यो सूचकांक २ सय भन्दा माथि दर्ता गरिएको थियो । पश्चिम कालिमन्तानको दक्षिण-पूर्वी पोन्टियानाकमा यो एक हजार २३ सम्म पुगेको थियो । इन्डोनेसियाको वायु गुणस्तर प्रणालीमा ३ सय भन्दा माथिको स्तरलाई खतरनाक मानिन्छ । मन्त्रालयको तथ्यांक अनुसार यस वर्षको पहिलो सात महिनामा करिब २ लाख हेक्टर जमिन डढेलोको चपेटमा परेको हाे।

जसमा जुलाई महिनामा मात्रै यो आकडा करिब दोब्बरले बढेको थियो ।