Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


एकैदिन सुन तोलामा ८ हजार ८ सय रूपैयाँले घट्याे


1.1k
Shares

काठमाडाैं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ।

गत मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले बुधबार पनि निरन्तरता पाएको हो। मंगलबार प्रतितोला पाँच सय रूपैयाँले घटेको सुनको मूल्य बुधबार तोलामा ८ हजार ८ सय रूपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ३ सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे हाे। मंगलबार सुन प्रतितोला ३ लाख ६ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी मंगलबार प्रतितोला ४ हजार ७ सय ६५ रूपैयाँमा कारोबार भएको थियाे। तर चाँदी बुधबार तोलामा ४ हजार ५ सय ८० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य मंगलबारको तुलनामा प्रतितोला एक सय ८५ रूपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस चार हजार तीन सय पाँच अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।