Logo २८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026


कास्कीका २५ जना विद्यार्थीलाई छात्रवृत्ति


0
Shares

पोखरा, असोज १४ । कास्कीका विभिन्न विद्यालयमा पढ्ने २५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति तथा विद्यालयलाई कम्प्युटर र प्रोजेक्टर सहयोग गरिएको छ ।

माछापुच्छ्रे गाउँपालिकाको निष्पक्ष माध्यामिक विद्यालयमा आयोजित कार्यक्रममा मर्दिखोला शैक्षिक प्रतिष्ठानले यस्तो सहयोग गरेको हो ।

हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिष्ठानका संस्थापक अध्यक्ष डा. राम गिरीले स्कुल पढ्ने समयमा सँगै पढेका साथीहरु आर्थिक अभावका कारण पढ्न नसकेको देखेर यस्तो अवस्था नआओस् भन्नका लागि विद्यालय तथा विद्यार्थीहरुलाई सहयोग गर्दै आइरहेको जानकारी दिए ।

कार्यक्रममा विभिन्न विद्यालयका जेहेन्दार, दलित तथा उत्पीडित गरी २५ विद्यार्थीहरुलाई छात्रवृत्ति, माछापुच्छ्रे गाउँपालिकाको श्री निष्पक्ष माध्यामिक विद्यालयलाई १० थान कम्प्युटर र अन्नपूर्ण गाउँपालिकाको श्री धारापानी माध्यामिक विद्यालयलाई एक थान प्रोजेक्टर हस्तान्तरण गरिएको थियो ।