Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


अवैद्य १३ लाख रूपैयाँ बढीको मदिरासहित ४ भारतीय नागरिक पक्राउ


0
Shares

काठमाडाैं । बारामा अवैद्य रुपमा १३ लाख ५५ हजार रुपैयाँ मूल्य बराबरको मदिरासहित ४ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले कर्मैया पोस्टमा शनिबार राति बाराबाट सर्लाहीको मलंगवा तर्फ जाँदै गर्दा चेकजांचको क्रममा चारै जना पक्राउ गरिएकाे जनाएकाे हाे। कारको पछाडिको सिटमुनि र अगाडि फल्स बटन बनाई लुकाइछिपाई बिना बिलबिजक लिएर जाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएकाे छ। उनीहरूको साथबाट रेडलेभल ५० बोटल, रोयल स्टेग २४ बोटल, म्याकडोवल ठूलो ३५ र सानो ३९ बोटल बरामद गरिएकाे छ।

सर्लाही प्रहरी पक्राउ पर्नेमा कार चालक भारत जिल्ला सीतामढी हरनैंया पञ्चायत वडा नम्बर ३ का ३३ वर्षीय दीपक कुमार, बेतिया जिल्ला हतिया पञ्चायत वडा नम्बर ८ निवासी ३६ वर्षीय अल्बु यादव, सोही जिल्ला लैरिया पञ्चायत वडा नम्बर ६ निवासी ३० वर्षीय कृष्णा भगत र सोही स्थान वडा नम्बर ४ बस्ने २० वर्षीय आलोक कुमार रहेकाे जनाएकाे हाे।

प्रहरीले पक्राउ परेका ४ जनालाई कारसहित थप अनुसन्धानको लागि हिरासतमा राखिएको जानकारी गराएकाे छ।