Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


राजनीतिक भागबण्डा भन्दा माथि उठेर जनताको पक्षमा काम गर्ने मुख्यमन्त्री थापाकाे प्रतिबद्धता

बागमती प्रदेशका जनताले सरकारबाट परिणाम खोजिरहेकाे उल्लेख

221
Shares

काठमाडाैं। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेश सरकारलाई राजनीतिक भागबण्डा र सत्ता समीकरणको सीमा भन्दा माथि उठेर जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ।

प्रदेशसभाबाट मंगलबार विश्वासको मत माग्ने प्रयोजनका लागि बसेको बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो यस्ताे बताउनुभएकाे हाे। सरकारको प्राथमिकता प्रदेशवासीका समस्या समाधान र विकासको प्रत्यक्ष अनुभूति गराउनु रहेको समेत उल्लेख गर्नुभएकाे छ। प्रदेशसभामा सम्बोधन गर्दै उहाँले आफूले मुख्यमन्त्रीको जिम्मेवारीलाई अवसर भन्दा बढी चुनौतीका रूपमा लिएको बताउनुभयाे।

मुख्यमन्त्री थापाले प्रदेश सरकारको बजेट प्रदेशसभाबाट पारित भइसकेकाले त्यसको प्रभावकारी कार्यान्वयन आफ्नो प्रमुख प्रतिबद्धता हुने बताउनुभएकाे छ। सरकारको न्यूनतम साझा कार्यक्रम समेत छिट्टै सार्वजनिक गर्ने बताउनुभयाे। बागमती प्रदेशका जनताले सरकारबाट परिणाम खोजिरहेकाे समेत उहाँले बताउनुभएकाे छ।

मुख्यमन्त्री थापाले प्रदेश सरकारलाई केवल प्रशासन सञ्चालन गर्ने संरचनाका रूपमा नभई जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने सरकारका रूपमा स्थापित गर्नुपर्ने बताउनुभयाे।