Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सांसदका रूपमा प्राप्त हुने रकम खर्च गर्ने सांसद कार्कीकाे घोषणा


0
Shares

सोलुखुम्बु । सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधिसभाका सांसद प्रकाश सिंह कार्कीले सांसदका रूपमा प्राप्त हुने तलब तथा सेवा-सुविधा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा खर्च गर्ने घोषणा गर्नुभएको छ।

जिल्लामा आयाेजित एक कार्यक्रमकाबीच सांसद कार्कीले आफूले प्राप्त गर्ने तलब तथा सेवा तथा सुविधाको रकम छुट्टै बैंक खातामा जम्मा गर्न थालेको समेत जानकारी दिनुभएकाे हाे। निर्वाचनका क्रममा आफूले सांसदका रूपमा प्राप्त गर्ने सुविधा व्यक्तिगत रूपमा प्रयोग नगर्ने र उक्त रकम सोलुखुम्बुबासीको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता जनाए अनुसार रकम छुट्टै खातामा राख्न थालेको बताउनुभयो ।

सांसद कार्कीले आफूले सांसदको सेवा तथा सुविधाबाट व्यक्तिगत रूपमा एक कप चिया समेत नखाने बताउँदै उक्त रकम जिल्लाका नागरिकको हितमा प्रयोग गर्ने बताउनुभएकाे छ। उहाँले सांसदको तलब तथा सुविधाबाट जम्मा हुने रकमलाई पारदर्शी रूपमा जिल्लाको शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारमा स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा खर्च गर्ने योजना रहेकाे बताउनुभयाे।

जनप्रतिनिधिले राज्यबाट प्राप्त गर्ने सेव तथा सुविधालाई व्यक्तिगत लाभ भन्दा जनताको हितमा प्रयोग गर्नुपर्नेमा सांसद कार्कीकाे जाेड छ। आफूले गरेको प्रतिबद्धतालाई व्यवहारमै कार्यान्वयन गर्न थालेको उहाँले बताउनुभयो।

Skip This