Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


आफ्नै १९ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुवा पक्राउ


104
Shares

काठमाडाैं । चितवन प्रहरीले आफ्नै १९ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ४५ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त सूचना अधिकारी इन्स्पेक्टर मनीष श्रेष्ठका अनुसार पीडित छोरी स्वयं प्रहरी कार्यालयमा पुगेर बाबुविरुद्ध उजुरी दिएपछि प्रहरीले भदौ ४ गते आरोपितलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार श्रीमती र छोरा जापानमा रहेका बेला बाबु र छोरी मात्रै घरमा बस्दै आएका थिए। साउन २८ गते रक्सी सेवन गरेका बाबुले धम्की दिएर छोरीमाथि जबरजस्ती करणी गरेको पीडितले उजुरीमा उल्लेख गरेकी छन्।

आरोपित ८ महिनाअघि जापानबाट नेपाल आएका थिए र केही समयमै पुनः जापान फर्किने तयारीमा रहेको प्रहरीको भनाइ छ। घटनाबारे अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।