Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


प्रधानमन्त्री शाह मुस्ताङबाट काठमाडौं प्रस्थान


0
Shares

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह आइतबार मुस्ताङबाट काठमाडौंका लागि प्रस्थान गर्नुभएकाे छ।

प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिबार मुस्ताङ पुग्नुभएकाे थियाे। शनिबार अपराह्न उहाँले मुक्तिनाथको पूजार्चना गर्नुभएकाे थियाे।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले प्रधानमन्त्री शाह जोमसोम-बेनीमार्गबाट संघीय राजधानीतर्फ प्रस्थान गरेकाे जनाएकाे हाे।