Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


बायर्न म्युनिखले जित्याे डीएफएल सुपरकपको उपाधि


0
Shares

काठमाडौं । जर्मन बुन्डेसलिगा प्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डविरुद्ध २-१ गाेलको रोमाञ्चक जित निकाल्दै बायर्न म्युनिख डीएफएल सुपरकपको च्याम्पियन बनेको छ ।

सिंगल इडुना पार्कमा शनिबार भएकाे खेलमा बायर्नले लगातार दोस्रो तथा समग्रमा १८औं पटक डीएफएल सुपरकपको उपाधि जितेको हो । पाहुना टोली बायर्नलाई जित दिलाउन नथानिएल ब्राउन र माइकल ओलिसेले गोल गरेका थिए । घरेलु टोली डर्टमन्डका लागि फाबियो सिल्भाले गोल फर्काएका हुन् ।

खेलको २८औं मिनेटमा ब्राउनको गोलमार्फत बायर्नले अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी टाइममा ओलिसेले टोलीको अग्रता दोब्बर बनाएका छन्। सिल्भाले ७५औं मिनेटमा गोल गर्दै डर्टमन्डलाई खेलमा फर्काउने संकेत दिएका थिए।

खेलको इन्जुरी टाइममा डिफेन्डर रामी बेन्सेबैनीले रातो कार्ड बेहोर्दै मैदान छाेडेपछि डर्टमन्ड १० खेलाडीमा समेटिएको थियो।