Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


काठमाडौंका ९२ निजी विद्यालयलाई स्वीकृति रद्द गर्न शिक्षा विभागकाे ३५ दिने सूचना जारी 


0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा विभागले ९२ निजी विद्यालयको स्वीकृति रद्दकाे बारेमा ३५ दिने सूचना जारी गरेको छ ।

काठमाडौं महानगरभित्र प्रचलित कानून बमोजिम सञ्चालित भएका र हाल बन्द गर्नुपर्ने अवस्थाका संस्थागत विद्यालयलका लागि महानगरपालिकाले ३५ दिने सूचना प्रकाशित गरेको हो । विभागका प्रमुख नवराज ढकालले शिक्षा ऐन, २०७५ को दफा ३६ बमोजिम विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने भएमा सोहि सम्बन्धी सूचना प्रकाशित गरिएको बताउनुभयाे ।

चित्तबुझ्दो जवाफ नआए विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने सम्बन्धमा शिक्षा विभागले आवश्यक प्रक्रिया अघि बढाउने उहाँले बताउनुभएकाे छ। यसअघि पनि महानगरपालिकाले दर्ता भएर सञ्चालनमा नरहेका संस्थागत विद्यालयको स्थलगत अनुगमन गरी अनुमति खारेजीको प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । नगर शिक्षा समितिको बैठकले कागजमा मात्र रहेका तथा यथार्थमा सञ्चालनमा नरहेका संस्थागत विद्यालयको अनुमति खारेज गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

महानगरपालिकाले संस्थागत विद्यालयको सञ्चालन, कक्षा तथा विषय थप, नाम, स्थान, स्वामित्व परिवर्तनलगायत विषयमा कानून र निर्धारित मापदण्डअनुसार प्रक्रिया अघि बढाउँदै आएको छ ।