काठमाडाैं । अष्ट्रेलियामा शुक्रबारदेखि शुरु हुने टप एण्ड टी-२० श्रृंखलामा नेपाल ‘ए’ ले पहिलो खेल नर्दन टेरिटोरी स्ट्राइककाे सामना गर्ने भएकाे छ।
साेही खेल नेपाली समयानुसार डार्बिनमा शुक्रबार दिउँसो सवाँ २ बजेदेखि शुरु हुने भएकाे हाे । प्रतियोगीतामा सहभागी हुन १५ सदस्यीय नेपाली टोली भदौ १ गते नै त्यसतर्फ गएको थियो । यस पटक अष्ट्रेलियामा रहँदा नेपालको कप्तानी अनिल कुमार साहले गर्दैछन् ।
नेपालले शनिबार बङ्गलादेशको हाई पर्फर्मेन्ससँग, भदौ ८ गते होबार्ट हरिकेन्स एकेडेमी, भदौ १० गते अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ ११ मा हैदरावाद किङ्समेन एकेडेमी तथा भदौ १३ मा भिक्टोरिया सिए–११ सँग खेल्ने तालिका रहेकाे हाे । क्यानले अष्ट्रेलियामा रहँदा नेपाल ‘ए’ टोलीले न्युजिल्याण्ड ‘ए’, तास्मानिया र साउथ अस्ट्रेलियासँग एकदिवसीय अभ्यास खेल समेत खेल्ने जनाएकाे छ।
नेपाली टोलीमा अनिल कुमार साह (कप्तान), मयन यादव, तृतराज दास, कुशल भुर्तेल, पवन सर्राफ, रिजन ढकाल, कुशल मल्ल, लोकेश बम, रशिद खान, शाहब आलम, आकाश चन्द, नारायण जोशी, दिनेश अधिकारी, विपिन खत्री र दीपक डुम्रे रहेका हुन् ।









प्रतिक्रिया दिनुहोस्